काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण अभिकर्ता तालिम स्थगित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको सूचना अनुसार चैत्र १६ गतेदेखि २० गतेसम्म हुने भनिएको बीमा अभिकर्ताको आधारभुत तालिम स्थगित गरिएको हो ।