
बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुसमा एउटा भिडियो भाइरल भयो, जसमा लकडाउन उल्लंघन गर्दै एक युवक साइकलमा हिँडिरहेका देखिन्छन् । यो घटना हो सुनसरीको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारको ।
कोरोना राकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयमा खटिएका दुई प्रहरी कर्मचारी सडक किनारमा बसिरहेका देखिन्छन् । साइकल उनीहरुको छेऊ आएपछि एकजनाले ‘यहाँ आइज’ भनेर युवकलाई बोलाउँछन् ।
‘के काम थ्यो रु’, एक प्रहरीले प्रश्न गर्छन् ।
‘यहाँ अंकललाई भेट्न आएको‘’, युवकले जवाफ फर्काउँछन् ।
त्यसपछि बोलेको आवाज स्पष्ट सुनिँदैन ।
‘अंकललाई‘ के विशेष काम‘ रु’
‘सँगै काम गथ्र्यौं, त्यही भएर भेट्न आएको’
‘ए‘ हो विशेष काम केही छैन, तेरो रु’
‘केही छैन ।’
यति भन्ने वित्तिकै ‘ए‘ हो विशेष काम केही छैन तेरो’ भन्दै प्रहरी कर्मचारी लाठी लिएर उठ्छन् । र, युवकलाई हिर्काउँछन् ।
युवकले विस्तारै साइकल पछाडि सार्छन् ।
प्रहरीले फेरि विशेष काम केही थिएन रु भनेर सोध्छन् ।
‘विशेष‘ त्यही अहिले पैसा निकाल्नुथियो‘’, युवकले बोल्दाबोल्दै प्रहरीले फेरि लाठी प्रहार गर्छन् ।
चारपटक लाठी हानेपछि अझै अटेरी गर्दोरहेछ भनेको सुनिन्छ । त्यसपछि युवक साइकल चढेर फर्किन्छन् ।
यो भिडियो हरेर सामाजिक सञ्जालमा प्रहरीलाई धन्यवाद दिइएको छ । भारतमा लकडाउन उल्लंघन गर्नेलाई लाठी हानिएको भिडियो हेरेका सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालमा पनि त्यो सुरु भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
तर, नेपालको कानूनअनुसार सर्वसाधारणलाई प्रहरीले त्यसरी दुर्व्यवहार गर्न मिल्दैन । त्यसैले प्रहरी प्रधान कार्यालय, नक्सालले दुवैजना प्रहरीलाई कारवाही गर्ने तयारी गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘यो घटना इटहरी, खनारको रहेछ । दुवैजनालाई विभागीय कारवाही हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्