
काठमाडौँ – आजबाट एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधन चलाउन नपाइने भएको छ । सरकारले लामो दुरीको सवारी साधन चलाउन प्रतिबन्ध लगाएसँगै एक जिल्लाबाट अर्को जिल्लामा पनि सवारी साधन चलाउन नपाइने भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा भने रोक लगाइएको छैन । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने विभागले जनाएको छ ।
विभागका अनुसार पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोक लगाइएको छ । विभागका महानिर्देशक गोगन हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उनले जानकारी दिए । यसबारेमा आइतबार ४ बजे बैठक बसेर थप निर्णय हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्