काठमाडौं – नेपाल सरकारले उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न उपत्यकाको सार्वजनिक सावरी बन्द गर्ने तयारी गरेको हो ।
यसअघि सरकारले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधन अनिवार्य रुपमा सरसफाइ गरेर मात्र सञ्चालन गर्न सरकारले आग्रह गरेको थियो। बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उक्त निर्णय गरेको थियो।
सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको थियो । त्यस्तै यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरीने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुट पर्मिट खुला गरेको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेकाले सो बैठकमा उपत्यकाको सार्वजनिक यातायात बन्द गर्ने विषयमा समेत छलफल भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्