काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले पुन: अर्थ मन्त्रालयको पदभार सम्हालेका छन् । बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त भएका खतिवडाले पदभार सम्हालेका हुन् । पदभार सम्हाल्दै उनले युद्ध नजित्दासम्म फिर्ता नहुने बताएका छन् । साथै आफु न्याय र समानताको पक्षमा लडाई लड्ने योद्धा भएको र कमाण्डर फिर्ता नबोलाउँदा सम्म नआउने बताए ।
बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको पनि पदभार ग्रहण गरेका छन् । खतिवडाले पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढंगले अघि बढाउने र पुरा नभएका कामहरु पुरा गर्दै जाने बताए । खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिएका थिए । मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
हेर्नुहोस्, अर्थ मन्त्रालयमा खतिवडाले पदभार ग्रहण गरेका तस्विरहरु: