×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त, अपराह्न ४ बजे सपथग्रहण लिने…!

PRIME CA
GLOBAL IME BANK

युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त, अपराह्न ४ बजे सपथग्रहण लिने…!

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्रीमा डा.युवराज खतिवडा पुनः नियुक्त भएका छन् । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार मन्त्री पदबाट राजिनामा दिएका थिए । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।
संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: