
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि मंगलबार सकिएकाले उनले मन्त्री पदबाट राजीनामा गरेका हुन् । उनले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष खतिवडाले राजीनामा दिएका हुन्।
यद्यपि खतिवडाको यो राजिनामा औपचारिकता मात्र हो । उनलाई भोलि (बुधबार) नै पुन: अर्थमन्त्री र सञ्चार मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ। साथै उनले भोलि नै सपथ ग्रहण पनि गर्नेछन् । संवैधानिक ब्यवस्था अनुसार संसद नरहेको व्यक्ति मन्त्री हुन पाउँदैन। उनी मन्त्री हुँदा हुँदै संसद पद सकिएकाले राजीनामा गर्नु परेको हो।
खतिवडा नेपाल राष्ट्र बैंकका पुर्व गर्भनरसमेत हुन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्