×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लकडाउन, हामी युवा र अवको नेपाली अर्थतन्त्र

  • आयुसा कंडेल
देशभर लकडाउन गर्नुपर्ने गरी, त्यसमा पनि थप्नु पर्नेगरी, थपेर पनि नपुगेर फेरी थप्नुपर्ने गरी, थापिरहनुपर्ने गरी, टुंगो नलागेको बाटो हिंडेझैं कोरोनाले देश लखेटीरहेको छ । देशमात्र होइन परदेश लखेटीरहेको छ । सारा विश्व लेखेटिरहेको छ । ठुला मिसाइल बनाउनेहरु हारिरहेछन् । अचुक औसधि बनाउनेहरु थाकीरहेछन् र बस् एउटा भाइरसले पूरा विश्व ‘थङथिलो’ बनाइरहेको छ । हामीलाई गलाईरहेको छ । चित्कारका बीच आडम्ब देखाई रहेछ विश्वलाई । र हरेक मानवलाई पिंजडाको बन्दी बनाइरहेछ ।
इतिहास हेर्ने हो भने मानव दोश्रो विश्वयुद्धमा सायद युद्धको नियमसँग नै पराजित भयो । त्यहि विश्वयुद्धपछिको यो संकट । यो संकटले मन्दीको पनि मन्दी महामन्दी ल्याउन सक्ने कुराको आंकलान अव घामजस्तै छर्लंग छ । विश्वको बजारमाथि भाइरसले धावा बोल्ने निश्चितप्राय: छ । इतिहासका पानाहरुमा गर्विलो जित हात पारेको इटाली हारेको विश्व बजार हुने शंका छ । शक्तिराष्ट्र अमेरिका लाचार भएर अगाडी बढ्ने देखिन्छ । भाइरसको मुहान चीन र भाइरससँग जुध्न दियो बालेर, थाल ठटाएर लागिरहेको भारतको बीचमा भएको सानो देशले कोरोनाका कारण ठुलै क्षति व्यहोर्नुपर्ने कुरामा कुनै शंका छैन । 
तर हरेक चुनौतीबीच सम्भावनाको ठुलो पाटो हुन्छ । हरेक पराजयहरु अर्को जितको तयारी हुन सक्छन् । हरेक महामारी अर्को अवसरको तयारी हुन सक्छ । खाँचो छ त फगत एकताको । युवा परिवर्तनका संवाहक हुन् । युवा अवसरका खानी हुन् । बिजयपथमा लागिरहने जोशिला, कर्मशील शक्ति हुन् युवा । जसको काँधमा परिवर्तनको अठोट छ । त्यहि युवाको जोशलाई लिएर अव परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा दुइमत छैन । युवाको उत्साहलाई उचित कार्यमा ल्याउन सकेमा हरेक कार्यमा सफलता पाउन सकिन्छ । लकाडाउन पछि मुलुकका सामु विद्यमान हरेक चुनौतिको सामाना गर्न र हरेक परिवर्तनमा उनीहरुको अग्रणी भुमिका महत्वपुर्ण हुन्छ । 
कारोना भाइरसको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको छ । अव हाम्रो देशका सम्पूर्ण युवा शक्तिलाई सहि मार्ग निर्देशन गर्ने र देशको नाजुक अवस्थालाई सुधारेर सहि मार्गमा ल्याउने काम युवाहरुले गर्नु पर्दछ । अहिले विश्वब्यापी कारोनाको महमारी छ, तर विडम्वना राज्यका महत्वपुर्ण ओहोदामा रहेका मानिसहरुले आ-आफ्नै स्वार्थलाई महत्व दिईरहेका छन् । कुनै क्षेत्रमा नीति नियमको पालना भएको अवस्था छैन । नैतिकताको अभावमा देशका सबै समस्या दिन प्रतिदिन जटिल बन्दै गइरहेका छन् । देश चलाउन बनाइएको संविधानकै पालना नहुनु दुर्भाग्यपूर्ण छ । आफैले बनाएका नीति नियमहरु कसैले पालना गर्नुपर्नेले पालना गरेको देखिंदैन । 
सबैजसो क्षेत्रमा भ्रष्टाचार मौलाएको छ । सबै क्षेत्रमा नीति नियम भन्दा नीति नियम विपरित काम गर्ने प्रवृति मौलाएको छ । आफु को हुँ ? आफ्नो कर्तव्य के हो भन्ने कुराबाट मान्छे विचलित हुँदै गइरहेको छ । यसरी नैतिकताविहीन बन्दै गइरहेको हाम्रो समाजलाई नैतिकतावान र जिम्मेबार बनाउने तथा कोरोना कहरले सिर्जित हरेक समस्याको समाधान र चुनौतिको सामना गर्ने जिम्मा युवाको काधमा आएको छ । त्यसैले सबै युवा परिवर्तनको सम्बाहक बन्न सकेमा मात्र यो सम्भव छ । हरेक परिवर्तनमा युवाको भूमिका नै मुख्य हुन्छ । र मुख्य कुरा महत्वपूर्ण हुन्छ । युवाले बोकेको जोशजस्तै, अठोट जस्तै ।
त्यसैले हामी युवा अहिले लकडाउनको पालना गरौँ । देशका बारे सोचौं । अवको अर्थतन्त्रबारे सोचौं । एक पटक आफैं लाई सोधौं । प्रविधिको प्रयोग गरेर सारा विश्व नियालौं।  अनि फरक रेखाबाट सुरु गरौँ नयाँ र बिकसित अर्थतन्त्रको यात्रा । जहाँ कोहि पनि भोका हुने छैनन् । कसैले नांगै बस्नुपर्ने छैन । कोहि पनि घराबिहीन हुनुपर्ने छैन । र सबै मिलेर सम्भावित कुनै पनि महामारीको तयारी हुनेछ । जहाँ जय विश्व अनि जय जय नेपाल हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: