×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ प्रभाव : २९ दिनमा ७८ हजार मेटन खाद्यान्न आयात, चार सय ट्रक बाहिरिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘लकडाउन’ प्रभाव : २९ दिनमा ७८ हजार मेटन खाद्यान्न आयात, चार सय ट्रक बाहिरिए

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लकडाउनको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि  वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । मन्त्रालयको तथ्यांकानुसार उक्त समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९ मेटन तरकारी, दश हजार ८१८ मेटन फलफूल र दश हजार ९९६ मेटन दुग्धजन्य पदार्थ, ९७ करोड ६९ लाख ७६ हजार बराबरको तयारी औषधि र २१ करोड ९१ लाख १६ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ ।
जसमा सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ भने तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । यस्तै फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ 
वीरगञ्ज एकीकृत जाँचचौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको तथा ६८३ ट्रक रोकिएका छन् । यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १५५ ट्रक रोकिएका छन् । भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको र हाल २३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् ।
तातोपानी नाकाबाट वैशाख ४ गतेयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । वैशाख ४ गते एक ट्रक, वैशाख ६ गते एक कन्टेनर र वैशाख ७ गते चार कन्टेनर नेपाल भित्रिएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी