×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अछामकी एक युवतीमा देखियो कोरोना ‘पोजेटिभ’, थप परिक्षणका लागि स्वाव धनगढी पठाइने

PRIME CA
GLOBAL IME BANK

अछामकी एक युवतीमा देखियो कोरोना ‘पोजेटिभ’, थप परिक्षणका लागि स्वाव धनगढी पठाइने

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
अछाम । अछाममा एक युवतीमा आरडीटी माध्यमबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।जिल्लाको वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा १ युवतीमा मात्र पोजेटिभ देखिएको हो । 
वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया उनि काठमाडौँबाट अछाम गएको बताइको छ । अन्य ५ जना भने डडेल्धुराबाट गएको बताइएको छ । उनको स्वाव संकलन गरी थप परीक्षणका लागि धनगढी  पठाइने भएको छ । अन्य ५ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार मैत्री नेपालमा १२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । कुल संख्या भने ४२ पुगेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: