×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा बहस : ‘बीमा खर्च होइन आवश्यकता हो, कोरोना बीमा त झनै आजको आवश्यकता हो’ (भिडियो अन्तर्वार्ता)

  • अर्थ सरोकार बीमा ब्युरो 
काठमाडौँ – विश्वभर कोरोना भाइरसको महामारीले उग्र रुप लिएका बेला नेपालमा पनि पूरै देश लकडाउन गरिएको छ । नेपालमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको थियो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका थिए । 
बीमालेख जारी भएसँगै यसतर्फ बीमितको आकर्षण पनि बढिरहेको छ । दिनानुदिन कोरोना बीमा गराउनेहरु बढीरहेका छन् । आइएमइ पे, खल्ती लगायतका वालेटबाट सजिलै भुक्तानी पनि हुने, सस्तो पनि भएका हुनाले कोरोना बीमातर्फ सबैको बीमितको आकर्षण बढेको हो । तर अझै पनि यसबारे धेरै जनता सुसुचित छैनन् भन्ने विषयलाई ख्याल गर्दै आजको बीमा बहसमा हामीले कोरोना बीमाबारे खास कुराकानी गरेका छौँ । आजको अंकमा हामीले अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीसँग कोरोना बीमाबारे खास बहस गरेका छौं । 
प्रस्तुत छ पब्लिक न्युज एजेन्सी (पिएनए)को सहयोगमा तयार आजको बीमा बहस ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: