काठमाडौँ – अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसको सम्पत्ति बढेको छ। कोरोना भाइरसको महामारीका कारण अनलाइन किनमेल बढेको छ। जसका कारण अमेजनका मालिक बेजोसको सम्पत्ति २४ अर्ब अमेरिकी डलर थपेको छ । ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्कअनुसार विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको बेला अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले अनलाइन किनमेलबाट फाइदा लिएको छ । अनलाइन किनमेलको माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ। साथै, अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना भएको छ।
अमेजनमा बेजोसको ११ प्रतिशत सेयर छ र मङ्गलवार मात्रै अमेजनको सेयरको मूल्य ५.३ प्रतिशतले बढेको छ । लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्। वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ।
लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। – बीबीसी नेपालीबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्