काठमाडौं – कोरोना संक्रमितका लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना सम्बन्धी ब्रिफिङ गर्दै १० वटा एम्बुलेन्स सेवा सुरु गर्ने निर्णय गरेको बताए ।
उक्त सेवा प्राप्त गर्नका लागि १०२ मा सम्पर्क गर्न सकिने देवकोटाले बताएका छन् । मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले यो २४सै कोरोना डेडिकेटेड एम्बुलेन्स सर्भिस भएकाे बताए । हाल यो सेवा काठमाडौंको लागि मात्र रहेको उनले बताए ।