- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ज्यान जानेको संख्या सबै क्षेत्रमा भन्दा बढी रहेको छ । अमेरिकामा अहिलेसम्ममा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।
जोन हप्किन्स विश्वविद्यालयबाट प्राप्त भएको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ । अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो ।
अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख जना बेरोजगार भएका थिए । त्यसयता ६६ लाख जनाको जागिर गुम्यो । यस महिनाको अन्तसम्ममा अमेरिकामा बेरोजगारीको दर २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्