काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । कोरोनामा भाइरुसको कारण अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । सीएनएनका अनुसार आइतबार अमेरिकामा एक हजार एक सय ३७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै समग्र मृत्यु हुनेको संख्या नौ हजार ६ सय ३३ पुगेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमध्यमका अनुसार कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो तीन दिनमा मात्र तीन हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । शुक्रबार अमेरिकामा भाइरसको कारण एक हजार एक सय ६९ जनाको मृत्यु भएको थियो भने शनिबार एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो ।
चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म समग्र संक्रमितको संख्या तीन लाख ३७ हजार नाघेको छ । आइतबार मात्र अमेरिकामा २५ हजार २९ नयाँ संक्रमित फेला परेका थिए ।
अमेरिकामा अहिलेसम्म १७ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको दुई साता अमेरिकाको लागि निकै कठिन हुने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्