×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थमन्त्री मुटुको बिरामी हुनुहुन्छ, सिंहदरबार र बालुवाटारबाहेक कतै जानुभएको छैन’ : अर्थमन्त्रीका प्रेस संयोजक पौडेल

LAXMI SUNRISE BANK

‘अर्थमन्त्री मुटुको बिरामी हुनुहुन्छ, सिंहदरबार र बालुवाटारबाहेक कतै जानुभएको छैन’ : अर्थमन्त्रीका प्रेस संयोजक पौडेल

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले लकडाउनपछि मन्त्री खतिवडा कुनै पनि पारिवारिक जमघटमा सहभागी नभएको स्पष्टीकरण दिएका छन् । उनले अर्थमन्त्री खतिवडा मुटु र डाइबिटिज (मधुमेह) को बिरामी भएकाले स्वास्थ्यप्रति सजग रहेको स्पष्टीकरण दिएका हुन् । 
प्रेस संयोजक पौडेलले लकडाउनपछि मन्त्री खतिवडा सिंहदरबार र बालुवाटारबाहेक अन्य कतै नगएको बताएका छन् । यता मन्त्री खतिवडाका  छोरा, बुहारी र नातिनी  छोरा, बुहारी र नातिनी कोराना संक्रमितहरु भेटिएको ठाउँ अर्थात् सनसिटी अपार्टमेन्टमा बस्दै आएका छन् । मन्त्री खतिवडाको पारिवारिक भेटघाट भएको थियो कि थिएन भनेर प्रश्न उठेपछि मन्त्री खतिवडाका प्रेस संयोजक पौडेलले यसबारे स्पष्टीकरण दिएका हुन् ।

प्रेस संयोजक पौडेलले दिएको स्पष्टीकरण :
मन्त्रीज्यू सन सिटीमा जानुभएको छैन । लकडाउनयता कहीँ पनि जानुभएको छैन । त्योभन्दा पहिले पनि जानुभएको छैन । ‘उहाँ मुटुको बिरामी हो । डाइबिटिजको बिरामी हो । डब्ल्युएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खाने कुरा र स्वास्थ्य सुरक्षाका सबै कुराहरुमा एकदमै सजग हुनुहुन्छ ।’
उहाँ मुटुको र डाइबिटिजको बिरामी हुनुहुन्छ । डब्लूएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खानेकुरा र स्वास्थ्य सुरक्षामा एकदमै सजग हुनुहुन्छ । मन्त्री निवासदेखि अर्थ मन्त्रालय र अफिसदेखि प्रधानमन्त्री निवास र रक्षामन्त्रीको उच्चस्तरीय समन्वय समितिमा बाहेक उहाँले कहीँ पनि कसैसँग भेट गर्नुभएको छैन ।
मन्त्रीज्यू मुटुको विरामी भएकाले अघिपछि पनि खानपान भीडभाडमा नहिँड्ने मान्छे हो । उहाँ शुद्ध शाकाहारी हो ।अघिपछि पनि फाइभ स्टार होटलमा सन्ध्याकालीन कार्यक्रम हुँदाखेरि प्रमुख अतिथिका रुपमा जाँदाखेरि भाषण गरेर एक कप चिया पनि नखाइन सिधै हिँड्ने मान्छे हो ।
लकडाउनपछि हाम्रै अफिस (अर्थ मन्त्रालय) मा पनि केही स्टाफहरु कटौती भएर हामी निश्चित मान्छेहरु मात्रै छौं । हामीलाई पनि जो जहाँ छ, त्यहीँ मात्र आउने, अन्यत्र कसैलाई नभेट्ने भन्ने सजग गराइएको छ ।
हामी यसरी सजग भयौं भने मात्र मन्त्रीज्यूको स्वास्थ्य ठीक हुने भयो । मन्त्रीज्यू पनि कतै घुमघाम गर्नुभएन भने हामी ठीक हुने भयौं । मन्त्रीज्यूको घरमा पारिवारिक जमघट र पाहुनाहरु आउने केही पनि छैन । उहाँहरु श्रीमान–श्रीमती दुईजना मन्त्री निवासमा बस्नुहुन्छ । लकडाउनपछि उहाँ धुम्बाराही घरमा समेत जानुभएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी