×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको दर्दनाक ‘मृत्यु-कथा’ : लाश उठ्ननै ११ दिन लाग्यो

PRIME CA

कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको दर्दनाक ‘मृत्यु-कथा’ : लाश उठ्ननै ११ दिन लाग्यो

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । उच्च ज्वरोका कारण ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार तयार भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ३४ वर्षीय थापाको १६ गते मृत्यु भएको थियो । थापाकी श्रीमतीले समयमा उपचार नभएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने बताएकी थिइन् । 
११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो । बुधबार पाँचबुँदे सहमतिसँगै उनी आफ्नो श्रीमानको शव बुझ्न तयार भएकी हुन् । थापा कोरोनाको आशंकामा अस्पताल पुगेका भएपनि रिपोर्ट भने ‘नेगेटिभ’ आएको थियो ।
सहमतिअनुसार अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ । मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाइनेछ । जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । साथै थप आर्थिक सहयोग जुटाइनेछ । दाताहरुको सहयोगबाट बुधबार नै साढे ८ लाख रकम संकलन भइसकेको बताइएको छ । यस्तै मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: