- अर्थ सरोकार सम्बाददाता
बागलुङ – बागलुङमा लकडाउन उल्लङ्घन गर्ने ३० जना पक्राउ परेका छन् । उल्लङ्घन गर्दै बजारका विभिन्न स्थानामा हिडिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई कोरोना भाइरसका बारेमा बुझाएर छोडेको थियो ।
२२ पुरुष र ८ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेम केसीले जानकारी दिए । प्रहरीले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन स्थानीय प्रहरी प्रशासनले पटकपटक आग्रह गरेपनि अटेर गरेकाले पक्राउ गरेर क्याम्पस चौरमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।