×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङमा नै कोरोनाको दोश्रो केस भेटिनुलाई कसरी बुझ्ने ? विज्ञ भन्छन्, ‘नआत्तिनुहोस्’

PRIME CA
GLOBAL IME BANK

बाग्लुङमा नै कोरोनाको दोश्रो केस भेटिनुलाई कसरी बुझ्ने ? विज्ञ भन्छन्, ‘नआत्तिनुहोस्’

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

बाग्लुङ । चैत ४ गते QR 652 काे फ्लाइटमा दाेहाबाट काठमाडौं आएकी बाग्लुङकि अर्कि युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि बाग्लुङमै आएकी महिलालाई कोरोना भएको पुष्टी भएको थियो । यसले उक्त ठाउँमा थप सतर्क हुनुपर्ने देखाएको छ । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए । उनी आएको फ्लाइटमा को को थिए भन्ने अनुसन्धान पनि भइरहेको छ । यसले बाग्लुङबासीहरु र उक्त प्लेनमा आएका जो सुकै पनि सतर्क बन्नुपर्ने देखिन्छ ।
यो केससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । एक जना निको भइसकेका छन् । यता कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउनको अवधि पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिका अधिकारीले पुन : एक साता लकडाउन थपिए कोरोनाको प्रकोप निमिट्यान्न हुने सल्लाह गरिरहेको र सोहि अनुसार बैठकमा निर्णय गरी मन्त्री परिषद्मा पठाउन लागिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
‘अस्ति पनि १४ दिनसम्म समय थप्न छलफल भएको थियो । ७ दिन थपेर हेरौं भन्ने छलफल भएको थियो । अहिले नयाँ संक्रमित देखिएका छैनन् । तर अझै पनि जोखिम छ । एक हप्ता पुन थपेर अगाडी बढ्नुपर्छ भन्ने छलफल जारी छ । अर्को एक हप्ताको लागि अवधि थपिने सम्भावना उच्च छ । अव प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने कुरा हो ।’ ती मन्त्रीले भने । जसरी हुन्छ नेपालमा कोरोना रोकथाम गर्ने सरकारको उद्देश्य रहेको उनको भनाइ छ । ‘केहि समय लकडाउनको अवधि थपेर केहि बिग्रिंदिन । जनताको स्वास्थ्यभन्दा ठुलो कुरा केहि हुन सक्दैन ।’ उनले भने । 
अहिले कोरोना संक्रमणक संख्या ५ पुगेको छ । जसमा १ जनालाइ भने निको भइसकेको छ । यस्तै कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई अझै प्रभावकारी रुपमा परिचालन गर्ने तयारी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: