- अर्थ सरोकार सम्बाददाता
काठमाडाैँ । तत्कालीन एमालेका एक नेताको कोरोनाको कारण मृत्यु भएको छ । नातिको विवाहका लागि बेलायत पुगेका तत्कालीन एमालेका नेता कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएका छन् ।
अहिले उनको परिवारका सदस्यहरु चिकित्सको सल्लाहमा आइसोलेसनमा बसेका छन । केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट अत्यधिक मतबाट निर्वाचित भएका थिए ।