- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधिका विषयमा छलफल हुने बताइएको छ । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो ।सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेका कारण पनि लकडाउन अवधि पुन: थपिने बताइएको छ ।
सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । पुन: कोरोना संक्रमितको संख्या थपिएपछि लकडाउनलाइ ८ दिन लम्ब्याइएको थियो । जुन २५ गते १२ बजेसम्म कायम रहनेछ ।