×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदुरमै छ सबैभन्दा बढी त्रास, सुदुरपश्चिममै छ ‘रमिता’ :बझाङका जनता मुर्ख बन्दा कोरोना संक्रमित बढ्ने संकेत ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुदुरमै छ सबैभन्दा बढी त्रास, सुदुरपश्चिममै छ ‘रमिता’ :बझाङका जनता मुर्ख बन्दा कोरोना संक्रमित बढ्ने संकेत ! (भिडियो)

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
बझाङ । जताततै कोरोनाको त्रास छ । कोरोना संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेको छ । तर यहि बेला बझाङमा भने रमिता छ। स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेलाको समापन भव्य रुपमा गरेका हुन् । काकर सेलाउने भनेर मेलाको समापन गर्ने परम्परा अनुसार नागरिक जम्मा भएर मेला लगाएका जयपृथ्वी नगरपालिकाका स्थानीय रिदम सिंहले बताए । 
११ गते घर बाट सबैले लिंगो बनाएर मेला लगाउने प्रशासनलाई जानकारी भएको र स्थानीयले मनाउने तयारी गरेपनि आफूले रोक्न आदेश दिएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए । तर बझाङ सरकारको निर्णय उल्लङ्घन गर्ने काम रोकिएन । र अन्तत: त्यहाँबाट कोरोना संक्रमित बढ्ने संकेत देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी