- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसका कारण बालाजु बाइसधारा मेला स्थगित गरेको छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने यो मेला कोरोना भाइरसका कारण स्थगित गरिको हो ।
बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनका अनुसार मेला आयोजना नगरिए पनि पूजाराधना भने गरिनेछ । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताए । मन्त्री मानन्धरले यो मेला इतिहासमा पहिलोपटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिए ।