
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीको समुहले समाचारको विषयलाई लिएर रेडियो धनगढीको कार्यालय घेराउ गर्नुका साथै पत्रकार नवराज धानुकलाई हातपातको प्रयास गरेको घटनालाई लिएर ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)को सुदुरपश्चिम प्रदेशले प्रेस विज्ञप्ति निकाल्दै घटनाप्रति आपत्ति जनाएको छ । संयोजक ज्ञानेन्द्र महताको नाममा जारी उक्त विज्ञप्तिमा संचारगरीमा प्रवेश गरी गुण्डागर्दी शैलीमा गरिएको व्यवहार निन्दनीय रहेको स्पष्ट पारेको छ ।
सुदुरपश्चिमकै सर्वाधिक लोकप्रिय कार्यक्रम ‘तातो बहस’ लाईभ बजिरहेका बेला उनले आफुसहित अन्य ६ जनाको समूह ल्याएर पत्रकारमाथि हातपाताको प्रयास गरेका थिए । उनी नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । राहत वितरणमा भ्रष्टाचार गरेको भन्ने रिपोर्ट आज बिहान तातो बहसमा बजेपछि उनले रेडियोको स्टुडियोमै छिरेर तातो बहसका प्रस्तोता नवराज धानुक माथि हातपातको प्रयास गरेका हुन् । उनीहरुले मदिरा सेवन गरेर धानुकमाथि आक्रमण गर्न खोजेका स्थानीयको भनाइ छ ।
मुडभरीले चामल लुकाएको खबर स्थानीयले रेडियोलाई दिएपछि रेडियोले यस विषयमा जानकारी दिएको थियो । त्यहि विषयलाई लिएर ‘ताते का’ मुडभरीले दादागिरी देखाउँदै आज रेडियोको कार्यालय घेराउ गर्न आफ्ना कार्यकर्तासमेत लगेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्