×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित बढेपछि बंगलादेशले लम्ब्यायो लकडाउनको अवधि, नेपालले के गर्ला ?

LAXMI SUNRISE BANK

कोरोना संक्रमित बढेपछि बंगलादेशले लम्ब्यायो लकडाउनको अवधि, नेपालले के गर्ला ?

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बंगलादेश सरकारले लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि बंगलादेश लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको हो।

बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए । कोरोना भाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो । उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पु–याइएको थियो । बंगलादेश अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ । 
करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोना भाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने तीन हजार ७७२ जना संक्रमित भएका छन् । कोरोना भाइरसले माहामारीको रुप लिएपछि अहिले धेरै जस्ता मुलुकहरु लकडाउनको अवस्थामा छन् ।

यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । लकडाउनको अवधि सकिन केहि मात्र बाँकी छ । संक्रमितको संख्यालाई आधार मान्दा नेपाल सरकारले पनि लकडाउन अवधि थप्ने देखिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी