
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको झुर सेवाका बारे अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि बैंकका कार्ड विभाग प्रमुख रिको स्थापितले बैंकका कतिपय एटिएम बुथहरुमा समस्या भएपनि लकडाउनका कारण बनाउन नसकेको बताएका छन् । समाचार प्रकाशनपछी अर्थ सरोकार डटकमको सम्पर्कमा आएका उनले युनियन पेवाला कार्डहरु आफ्नो बैंकमा नचल्ने बताउँदै यस विषयमा सबैलाई जानकारी दिन जरुरी नभएको भन्दै केहि बुथहरुमा भएको समस्या लकडाउनका कारण समाधान गर्न नसकेको बताएका छन् ।

यता बैंकर्स संघले कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने बताएको छ । ‘हाम्रोमा युनियन पे चल्दैन । यस विषयमा सूचना नै निकालेर जानकारी सबैलाई दिन जरुरी पनि छैन । बाणिज्य बैंककै एटिएम कसरी चलेन, त्यो भने हामी हेर्छौँ ।’ उनले भने । यद्यपी उनको आफ्नै कुरा बाझिएको छ । केहि दिन अघि उनले युनियन पेको कार्डको विवरण आफुकहाँ नआएकोले ४०० रुपैयाँ अतिरिक्त शुल्क मागिएको बताएका थिए । आज आएर युनियन पेको कार्ड नै चल्दैन भनेका छन् । अर्थ सरोकारसँग कुरा गर्दै उनले फेरी भनेका छन् , ‘तपाईंहरुको समाचारपछी प्रभु बैंकले हामीलाई कार्डको विवरण पठाएको छ ।’ चल्दै नचल्ने कार्डको विवरण किन पठाइयो ? त्यो उनै जानून् ।


यहाँ बाणिज्य बैंकले सहि सूचना समयमा उपलब्ध नगराउँदा जनताले दुख भोगेको प्रष्ट छ । यसले सरकारी बैंकप्रतिको विश्वास घटेको पनि प्रष्ट छ । यस विषयमा सम्बन्धित निकायले ख्याल गर्नुपर्ने देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्