Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, लकडाउनका अवधिमा पनि नाफा बढाउन सफल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लक डाउनका बीच पनि बैंकले नाफा बढाएको तथ्यांक सार्वजनिक गर्न सफल भएको छ । 
बैंक सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकले यस अवधिमा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २.०२% धेरै हो । अघिल्लो वर्षको सोहि अवाधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार गर्न सफल भएको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख जम्म गर्न सफल भएको छ । चुक्ता पूँजी ८ अर्ब ६२ करोड रहेको यस बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा रहेको छ । सिटिजन्सको प्रतिसेयर नेटवर्थ  १४५ रुपैयाँ ७७ पैसा रहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK