
- अर्थ सरोकार सम्बाददाता
बाँके – नेपालगन्ज नाकाबाट लकडाउ ४२ करोड नौ लाख ६८ हजार ९१९ रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । लकडाउनको १९ दिनमा उक्त रुपैयाँ बराबरको खाद्यान्न, तरकारी र फलफूल भित्रिएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाका अनुसार चैत ११ देखि २९ सम्म २७ करोड दुई लाख १६ हजार ४३१ रुपैयाँ मूल्य बराबरको ४६ लाख १३ हजार २५ किलो चामल आयात भएको छ । ९ करोड २८ लाख ६ हजार ४६० रुपैयाँको ८९ लाख तीन हजार ६६५ किलो मकै र एक करोड ४५ लाख ६९ हजार ६३ रुपैयाँको दाल नेपालगन्ज नाका भएर भित्रिएको छ।
लकडाउन सुरु भएदेखि दुई करोड ७१ लाख नौ हजार ८१८ रुपैयाँको १० लाख ७० हजार ४०६ किलो आलु र ८५ लाख ९४ हजार ९३९ रुपैयाँ बराबरको ४९ लाख आठ हजार ८२५ किलो गोलभेंडा आयात भएको अधिकृत निरौलाले बताए । यस्तै यो अवधिमा दुई करोड ३७ लाख ९४ हजार ७३४ रुपैयाँको फलफूल र ३५ लाख ७६ हजार ९४६ रुपैयाँको विभिन्न थरिका तरकारी पनि आयात भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्