
- अर्थ सरोकार सम्बाददाता
बारा – लकडाउनको मौका छोपी कालोबजारी गरेको आरोपमा तीनवटा उद्योगका सञ्चालकसहित पाँचजना पक्राउ परेका छन् । पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा तीनवटा उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
परवानीपुर गाउँपालिका–४ मा रहेको नारायणी मोडर्न पल्सेस् इण्डस्ट्रिजका सञ्चालक मोहनलाल अग्रवाल र प्रतिनिधि सुनिल शर्मा, छातापिपरामा रहेको कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवनकुमार साह र प्रतिनिधि सुरेश साह तथा लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका प्रतिनिधि सन्तोष झालाई प्रहरीले पक्राउ गरेको हो ।
उद्योगीले प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने मुसुरोको दाल लकडाउनको मौका छोपी ९४ देखि ९८ रुपैयाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा उद्योगका सञ्चालकसहित उनीहरुको प्रतिनिधिलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । उनीहरुमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्