×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धार्चुलामै किरिया बसेका वासुदेव भट्टलाई नेपाल ल्याइँदै, प्रशासनले दियो यस्तो निर्देशन !

PRIME CA
GLOBAL IME BANK

धार्चुलामै किरिया बसेका वासुदेव भट्टलाई नेपाल ल्याइँदै, प्रशासनले दियो यस्तो निर्देशन !

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

दार्चुला – भारतको धार्चुलाको क्वारेन्टाइनमा आमाको किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट घर फर्किन पाउने भएका छन् । कोरोना भाइरसले माहामारीको रुप लिइरहेको भन्दै आमाकै करकापमा वासुदेव घर त फर्किए तर उनि लकडाउनका कारण आफ्नो घरसम्म भने पुग्न पाएनन् । त्यसपछि उनले आमालाई पनि भेट्न पाएनन् । उनीसहित अन्य थुप्रै नेपाली भारतको धार्चुलाको क्वारेन्टाइनमा बसिरहेका छन् । 
यता मङ्गलबार साँझ घरमा बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन भयो । तर पनि आउँन पाएनन् । त्यसपछि उनि कालीपारि कै क्वारेन्टाइनमा किरिया बसे । भट्टबारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले उनलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । गृहले निर्देशनलगत्तै जिल्ला प्रशासनले उनलाई घर पुर्‍याउने तयारी गरेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भट्टलाई आजै घर पुर्‍याउने व्यवस्था गरिने बताएका छन् ।
उनका अनुसार किरिया बसेका भट्टलाई घर पुर्‍याउन शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको छ ।धार्चुलामा अहिले साढे ५ सयभन्दा बढी नेपाली क्वारेन्टाइनमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: