×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिको अध्यक्ष हुने किरण श्रेष्ठको सपना चकनाचुर ! ‘कतै फिट नभएपछि’ वाणिज्य बैंकमा पुनर्नियुक्ति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बीमा समितिको अध्यक्ष हुने किरण श्रेष्ठको सपना चकनाचुर ! ‘कतै फिट नभएपछि’ वाणिज्य बैंकमा पुनर्नियुक्ति ?

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा पुन: किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् । अर्को चार वर्षका लागि उनी नियुक्त भएका हुन् । 
उनको अघिल्लो कार्यकाल केहि सकारात्मक धेरै विवादित बनेको थियो । बैकमा अख्तियारीको दुरुपयोग गरेको आरोपसमेत उनीमाथि लाग्ने गरेको छ । उनी सीइओ नियुक्त भएपछि नाफामा राम्रो प्रगति भएपनि बैंकका सेवा झन् खस्किंदै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई नै पुन: ४ बर्षका लागि नियुक्त गरेको हो ।
यसो त उनी गभर्नर पदका लागि राम्रै दौडधुपमा थिए । तर अर्थमन्त्रीले बेला भएको छैन भन्दै उनलाई बीमा समितिको अध्यक्ष बनाउने ललिपप देखाएर समितिको संचालकमा नियुक्त गरेको थियो । तर समितिमा पनि एक सिएलाई नियुक्ति दिने भित्री तयारीपछि उनलाई बैंकमा राख्ने प्लान अनुसार उनलाई पुन: नियुक्ति दिइएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी