×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतमा थप १ जना पूर्व गोरखा सैनिकको मृत्यु, कोरोना भाइरसबाट १० नेपालीले ज्यान गुमाए

LAXMI SUNRISE BANK

बेलायतमा थप १ जना पूर्व गोरखा सैनिकको मृत्यु, कोरोना भाइरसबाट १० नेपालीले ज्यान गुमाए

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बेलायतमा कोरोना भाइरस (कोभिड-१९)का कारण थप १ जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार निधन भएको हो । उनी लन्डन सहरदेखि बाहिर रेडिङ भन्ने स्थानमा बस्दै आएका उनको उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले जानकारी दिए । 
गत दुई सातादेखि अस्पतालमा रहेका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । उनको पुख्र्यौली घर कास्कीको घान्द्रुकमा हो । अहिलेसम्म सार्वजनिक तथ्यांक अनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ९ जना पुगेका छन् । तीमध्ये ६ जना पूर्वगोरखा सैनिक रहेका छन् । अहिले विश्वभर कोरोना माहामारीको रुपमा छन् । जसबाट १ लाख बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ । नेपालमा यस भाइरसबाट संक्रमितको हुनेको संख्या १६ पुगेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी