×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : नेपाल बैंकमा कोरोनाको उच्च जोखिम, माहामारी नियन्त्रणका लागि काँग्रेसको सहयोग

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बेनीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा बुधबार लागेको सेवाग्राहीको भिडदेखि नेपाली काँग्रेसको तनहुँ व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई पाँच लाख प्रदान गर्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
बेनीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा बुधबार लागेको सेवाग्राहीको भीड । लकडाउन शुरु भएपछि म्याग्दीमा बैंक तथा वित्तीय संस्थाका शाखा आलोपालो गरेर हप्तामा एक दिन खुल्ने गरेका छन् ।
नेपाली काङ्ग्रेस तनहुँ व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले बुधबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई रु पाँच लाख प्रदान गर्दै । नगर समितिले १४ वडाबाट सङ्कलन गरेको सो रकम नगरपालिकाको कोरोना राहत कोषका लागि प्रदान गरेको हो  ।
गुराँस गाउँपालिका वडा नं –४  का कृषक आलु रोप्न व्यस्त । जिल्ला कृषि विकास कार्यालयले  आलु उत्पादनमा दैलेखलाई पकेट  क्षेत्रको रुपमा  घोषणा गरेको छ ।  
नेपाल इञ्जिनियर्स एशोसिएशन वाग्मतीप्रदेश र सिन्धु इञ्जिनियरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना भाइरसकोे स्वाब सङ्कलन तथा परीक्षणको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै । 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दाङको लमही नगरपालिका–२ बरुवा गाउँमा लगाइएको बसन्ते मकै बाली बुधबार कृषि प्राविधिकले अवलोकन गर्दै । देउखुरीमा मकै सुपरजोन लागू भएपछि किसान खेतीतर्फ आकर्षित भएका छन् ।
बुटवलस्थित कालिका–मानव विद्यालयमा मजदुरलाई वितरणका लागि सामाजिक दूरी कायम गरी राखिएको राहत सामग्री । 
बुटवलस्थित कालिका–मानवबम्याग्दी जिल्ला भित्र्ने मुख्य नाका कालीपुलमा निर्माणाधीन स्यानिटाइजिङ टनेल । लायन्स क्लब अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली संघ ९मोना० मकाउको सहयोगमा स्यानिटाइजिङ टनेल स्थापना  गर्न लागिएको हो  ।  विद्यालयमा मजदुरलाई वितरणका लागि सामाजिक दूरी कायम गरी राखिएको राहत सामग्री । 
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका  हेमेन्द्र केसी बिक्रीका लागि भेडेखोर्सानी टिप्दै । बन्दाबन्दीका कारण केसीलाई तरकारी बिक्री गर्न समस्या भएको छ ।
महाकाली नदी तरेर  नेपाल फर्किएका दार्चुला र बैतडीका १६ नेपालीलाई महाकाली नगरपालिकाले क्वारेन्टाइनमा राखेर खाना खुवाउँदै ।  पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका नेपाली लामो लकडाउनका कारण भोकभोकै परेपछि मरिने डरले बुधबार ट्युबमार्फत महाकाली नदी तरेर दार्चुला पुगेका हुन् । 
भरतपुर महानगरपालिका –२४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा पाकेको गोलभेडा टिप्दै उपभोक्ता ।  समूहले ६२ बिगाहमा गोलभेडा खेती गरेका छन् ।  
काठमाडौँको भद्रकाली–सिंहदरबार पुल किनारमा ढकमक्क फुलेको म्याकाराण्डा फूल । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं. १ द्वारा बानेश्वरस्थित रत्नराज्य स्कूलमा बुधबार आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्न लामबद्ध भएर बसेका रक्तदाता ।
विसं २०७२ को भूूकम्पले क्षति पु¥याएपछि  पुनःनिर्माणाधीन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनको पर्वाह नगरी कामदारले काम गरिरहेका छन् । 
तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धाराकी सीता राना बन्दाबन्दीको समयमा घरमै बसेर कछाड बुन्दै । मगर समुदायको परम्परागत कछाड एउटाको रु एक हजार ५०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।
पोखरामा राहत लिन लामबद्ध भएर बसेका सर्वसाधारणको भीड ।निर्माण व्यवसायी समितिले पोखरा महानगरपालिका– ९ स्थित शान्ति बनबाटिकामा  आफ्ना करिब एक हजार ५००  मजदुरलाई राहत वितरण गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: