×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६ सय ८१ जनाको मृत्यु

LAXMI SUNRISE BANK

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६ सय ८१ जनाको मृत्यु

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रिमितको संख्या २२ हजार नजिक रहेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहिबार दिउँसोसम्म भारतमा ६८१ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा ४ हजार ३ सय ७० जना कोरोना भाइरसबाट निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १ हजार २९० जना नयाँ संक्रमित भेटिएका छन् । कोरोनाका कारण भारतको अधिकांश राज्य अहिले लकडाउनको अवस्थामा छन् । आन्तरिक र बाह्य हवाई उडान, आन्तरिक रेल लगायतका सवारी साधन आवगमनमा बन्देज लगाइएको छ। विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी