
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना भाइरसका करण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १८ हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ जनाको यो भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै, एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।
कोरोनाका कारण भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा मात्र अहिलेसम्म दुई सय ३२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७४, गुजरातमा ७१, दिल्लीमा ४७ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार एक सय ८४ पुगेको छ भने १८ जनाको मृत्यु भइसकेको छ । यस्तै बिहारमा एक सय १३ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा तीन हजार दुई सय ५२ संक्रमित निको भइसकेका छन् ।
यता विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ भने संक्रमितको संख्या २५ लाख नजिक रहेको छ । ६ लाख ५३ हजार बढी व्यक्ति निको भइसकेका छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्