- अर्थ सरोकार सम्बाददाता
चितवन – चितवनकी कोरोना भाइरस सङ्क्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पोजेटिभ नै आएको हो ।
उनलाई वैशाख ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भएर घर फर्किसकेका छन् । उनि अहिले भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो ।
उनीहरु दुवै जना चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए।