
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भाटभटेनी सुपरमार्केटले शुक्रबारदेखि उपत्यकाका ६ स्थानका आउटलेट खुल्ला गरेको छ । कम्पनीले उपत्यकाको कलंकी, पुल्चोक, महाराजगञ्ज, कोटेश्वर, टंगाल र भक्तपुर आउटलेट खुल्ला गरेको जनाएको हो । ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहनेछन् ।
कम्पनीले उक्त आउटलेटहरु बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुल्ला हुने पनि बताएको छ। माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्नका लागि कम्पनीले १ पटकमा १० जनालाई मात्र प्रवेश दिने भाटभटेनी सुपरमार्केटले बताएको छ । साथै ग्राहकहरुलाई सुपरमार्केटभित्र २० मिनेटभन्दा बढी नबस्न पनि आग्रह गरेको छ।
कम्पनीले आफुलाई चाहिने सामानको सूची घरबाटै तयार परेर ल्याउन ग्राहकलाई अनुरोध गरेको छ । प्रवेशअघि ग्राहकको ज्वरो परीक्षण गरिने र ह्याण्ड सेनिटाइजर प्रयोग गरेपछि मात्र सुपरमार्केटमा प्रवेश गराइने कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहकलाई आफूलाई पायक पर्ने स्थानमा गएर सामग्री खरिद गर्न आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्