×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ५ : भेरी अस्पतालमा शुक्रबारदेखि कोरोना परिक्षण सुरु हुने

PRIME CA

प्रदेश ५ : भेरी अस्पतालमा शुक्रबारदेखि कोरोना परिक्षण सुरु हुने

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगन्ज – भेरी अस्पतालबाट पनि कोरोना परिक्षण सुरु हुने भएको छ । शुक्रबारबाट उक्त अस्पतालबाट कोरोना परिक्षण सुरु हुने भएको हो । काठमाडौँबाट विज्ञसहितको टोली बिहिबार आज भेरी अस्पताल पुग्नेछ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण सुरु हुने अस्पतालले जनाएको छ ।
कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण शुरु नसकेको अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले बताए । अस्पतालमा २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन् । आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा.थापाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: