Skip to content
LAXMI SUNRISE BANK

लकडाउन प्रभाव : ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कोरोना भाइरसक कारण ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित भएको छ । आगामी बैशाख ६-७ गतको लागि तय गरिएको उक्त कार्यक्रम कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनगर गर्दै स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK