×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनले लर्‍याकलुरुक भो ‘मजदुरको अर्थतन्त्र’, पेट भरिने आशामा ‘भोक’ हिंडिरहेछ सरकार… ! (फोटो-फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

लकडाउनले लर्‍याकलुरुक भो ‘मजदुरको अर्थतन्त्र’, पेट भरिने आशामा ‘भोक’ हिंडिरहेछ सरकार… ! (फोटो-फिचर)

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । काभ्रेपलान्चोकको हाइवेमा आजकल यस्ता धेरै दृश्य देखिन्छन्, जहाँ मानिसहरु हिंडेरै गन्तब्यसम्म पुग्ने कोसिस गरिरहेका छन् । जानु छ धेरै टाढा । हातमा मजदुरी झोला, परिवार छोराछोरी अनि गन्तब्य पुगेर पेट भरिने आश । कोरोनाको प्रकोपसँग लड्न सरकारले गरेको लकडाउनले निम्त्याएको सबैभन्दा नमिठो परिदृश्य हो यो । लकडाउनको समय लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर घर परिवार चलाउने विपन्न परिवारका मजदुरहरु मारमा पर्न थालेका छन् । र त उनीहरुसँग घर जाने विकल्प छैन ।
डेरामा खाना सिद्धियो । भएको पैसा सिद्धियो । बच्चाहरु भोकै सुताउनुपर्ने अवस्था आयो । निकै टाढा घर भएपनि आखिर आफ्नो घर भनेको ‘आफ्नै’ हुनेरहेछ सायद । एक गाँस नदिने यो पापी शहर र गरिबको वास्ता नगर्ने सरकारलाई सराप्दै घर जानुको विकल्प छैन उनीहरुसँग । र त निर्विकल्प आँट बटुलेर गन्तब्यमा पुग्नेगरी उनीहरु हिंडीरहेका छन् । र काभ्रेबाट बाँके, बर्दिया, सिन्धुली लगायतका ठाउँमा जाने यी विवस् पात्रहरुसँग हिड्नुबाहेक अर्को विकल्प छैन ।  हेर्नुहोस् भक्तपुरबाट धुलिखेलसम्मका केहि प्रतिनिधि तस्विरहरु :







Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: