
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिकाले एक करोड २० लाखको प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने भएको छ । बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । गाउँकार्यपालिकाको गत चैत १२ गते बसेको बैठकको निर्णयले नेपाल बङ्गलादेश बैंकमा स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा नेपाल सरकारको निर्णय बमोजिम छ शीर्षकबाट बजेट रकमान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रमण शीर्षकबाट १० लाख, खेलकुद, उत्सव तथा महोत्सव शीर्षकबाट १० लाख, एम्बुलेन्स खरिद शीर्षकबाट १० लाख, घुम्ती शिविर सञ्चालन कार्यक्रमबाट १० लाख, गुरुयोजना तथा डिपिआर तयार शीर्षकबाट रकमान्तर गरेर र प्रदेश सरकारबाट प्राप्त हुने १० लाख गरी एक करोड २० लाखको कोष निर्माण गरिनेछ ।
यस्तै कार्यपालिका बैठकबाट सरकारले लागु गरेको लकडाउनको समयमा जीवनयापन गर्न कठिन भइरहेका असङ्गठित श्रमिक, अति विपन्न परिवार, अपाङ्ग, एकल महिला आदिको पहिचान गरी प्रतिपरिवार ३० केजी चामल दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल, एक केजी मस्यौरा र दुई वटा साबुन वितरण गर्नेसमेत निर्णय भएको छ । राहत वितरणका लागि पालिकाले तयार गरेको इ–बिड प्रक्रियाबाट प्रतिस्पर्धा गराई खरिद गरिनेछ ।
लकडाउन अवधिभर पालिकाभित्रका अत्यावश्यक तरकारी तथा खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णयसमेत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्