काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ ।
नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले बताए ।
क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी गरिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन तीव्र बनाएको छ ।
शनिबार सप्तरीको बोदे बर्साइनबाट १६१ को स्वाब सङ्कलन गरिएको थियो । कञ्चनरुपमा स्वाब सङ्कलन गरेपछि विज्ञ प्राविधिकको टोली स्वाब सङ्कलन गर्न सप्तकोशी नगरपालिका–१ फत्तेपुर पुगेको छ । उदयपुरको सीमामा रहेको फत्तेपुरमा १०० को स्वाब सङ्कलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणीन्द्र ज्ञवालीले जानकारी दिए ।
यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडिटी गरिएको थियो । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्