×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा पोलिसी धितोमा प्रवाह भएको ऋणमा सहुलियत दिने बीमा समितिको तयारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीबाट आफ्नो बीमा पोलिसी धितो राखेर ऋण लिएका बीमितहरुलाई राहत दिने तयारीमा बीमा समिति जुटेकोे छ । बीमा समितिले बीमितले लिएको पोलिसी धितो ऋणको ब्याज भुक्तानीमा जरिवना छुट दिने सम्बन्धमा छलफल भइरहेको जनाएको छ ।
बीमा समिति स्रोतले जनाए अनुसार बीमितले बीमा कम्पनीहरुबाट लिएको करिब ४० अर्ब ऋणको ब्याज तिर्ने समयावधी बढाउने तथा समय नाघेका ऋणीहरुलाई जरिवना तिर्न नपर्ने गरी व्यवस्था गर्ने तयारी गरिएको छ । बीमा समितिले बीमितले आफ्नो पोलिसी धितोमा लिएको ऋणको ब्याज भुक्तानी गर्ने म्याद थप वा जरिवना मिनाहा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरेर निर्णय लिने जनाएको छ ।
बीमितले लिएको पोलिसी धितोको ऋणमा जरिवना छुट दिन कठिन हुने जीवन बीमक संघले जनाएको छ । संघका अध्यक्ष शिवनाथ पाण्डेले बीमा पोलिसी धितोमा प्रवाह भएको ऋण बीमितकै बचत भएकोले ब्याज छुट दिन नसकिने तर हर्जाना वा जरिवना लाग्ने अवस्था भएमा केही छुट दिन सकिने बताएका छन् । नेपालभरिका बीमितले १९ वटा बीमा कम्पनीबाट करिब ४० अर्ब रुपैयाँ पोलिसी धितो राखेर ऋण लिएका छन् । बीमा समितिले ऋण लिने बीमितहरुलाई समेत राहत दिने गरी प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: