उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरसका ११ जना सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ । प्रदेश नं १ अन्तर्गत उदयपुरको भुल्केको एक मस्जिद आसपासको क्षेत्रमा मङगलबार बेलुकी १० जना र आज बिहान एक जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसंगै यस क्षेत्रमा लकडाउनलाई अझ कडा पारिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पिसीआर) गर्ने कार्य द्रूत गतिमा भइरहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमित देखिएका १० जनालाई मङगलबार नै र एक जनालाई आज उपचारका लागि विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा ल्याउने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । उपचार केन्द्रमा राखिएका सङ्क्रमित सबैको अवस्थामा सामान्य रहेको उहाँको भनाइ छ ।
यसअघि भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमूना सङ्कलन गरिएको थियो । कोभिड–१९ पोजेटिभ देखिएका सबैको उपचारका लागि विराटनगरस्थित कोरोना उपचार केन्द्रमा ल्याइएको मुख्यमन्त्री कार्यालय विराटनगरमा रहेको कोरोना सूचना डेस्कले जनाएको थियो ।उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्