×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं १ – जनसुरक्षा कोषमा ५० लाख सहयोग गर्ने सहारा नेपालको घोषणा !

PRIME CA
GLOBAL IME BANK

प्रदेश नं १ – जनसुरक्षा कोषमा ५० लाख सहयोग गर्ने सहारा नेपालको घोषणा !

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • रासस 
विराटनगर – प्रदेश नं १ को सरकारले स्थापना गरेको कोरोना भाइरसको सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु ५० लाख जम्मा गर्ने घोषणा गरेको छ । कोरोनाको महामारीसँग सामना गरिरहेको सरकारलाई साथ दिनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रु ५० लाख सहयोग गर्नाका साथै राहत प्याकेज घोषणा गरेको सहकारीद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । संस्थाको २५औँ वर्ष पुगेको अवसरमा रु ३० लाख राहत कोषमा जम्मा गर्ने निर्णय गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताउनुभयो । यसअघि नै सहकारीले रु २० लाख सहयोग गर्ने घोषणा गरी सकेकाले जम्मा रु ५० लाख सहयोग गरेको हो । 
प्रदेश सरकार, स्थानीय तह, विपद् व्यस्थापन समन्वय समितिको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइनमा बसेका र विपन्न परिवारका लागि खाद्यान्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई खरिदमा सहयोग पु¥याउनु सहकारीले आर्थिक सहयोग गरेको अधिकृत गिरीले जानकारी दिनुभयो । 
झापा मोरङ, सुनसरी उदयपुर, पाँचथर र इलाम जिल्लामा सहकारीमार्फत काम गरिरहेको संस्थाले विराटनगर–१० स्थित नवसञ्चालन भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि रु चार लाख बराबरको खाद्यान्न उपलब्ध गराएको छ । मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका इलाका प्रमुख ओम साहले खाद्य सामग्री हस्तान्तरण गर्नुभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
केन्द्रमा उपचारका लागि बस्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मीलगायत उपचार गराउन आउन सक्ने बिरामीका लागि उक्त सहयोग प्रदान उपलब्ध गराएको जनाएको छ । केन्द्रका लागि एक महिनाका लागि पुग्ने चामल, दाल, तेल, आलु प्याज, चना, चिउरा, भुजा, नुन, चिनी, पानी र साबुनलगायतका सामग्री संस्थाले उपलब्ध गराएको हो । प्रदेशका छ जिल्लामा लघुवित्त र बैंकिङ दुवै मोडलमा बचत तथा ऋणको कारोवार गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: