
- अर्थ सरोकार सम्बाददाता
विराटनगर – लकडाउनका अवधिमा विराटनगर नाकाबाट मात्रै १३ लाख टन खाद्यान्न सामग्री नेपाल भित्रिएको छ । लकडाउनको ३५ दिनमा ७१ करोड ४० लाख ५९ हजार ९ सय १७ रुपैयाँ मूल्य बराबरको १३ लाख २ हजार ५ सय ३४ टन खाद्यान्न, तरकारी र फलफूल भित्रिएको विराटनगर भन्सारका प्रमुख शिव भण्डारी जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार विराटनगर नाकाबाट सबैभन्दा धेरै दुई करोड ९१ लाख ९७ हजार छ सय आठ रुपैयाँ मूल्य बराबरको साढे चार लाख ४३ हजार ७ सय १० किलोग्राम चामल भित्रिएको छ भने २२ करोड ५१ लाख ५५ हजार चार सय ९९ रुपैयाँ बराबरको ६८ लाख ५१ हजार एक सय ४२ किलोग्राम मकै नेपाल भित्रिएको हो ।
यस्तै विराटनगर नाकाबाट उक्त अवधिमा धान तीन करोड ५४ लाख ४८ हजार सात सय २४ रुपैयाँ बराबरको आठ लाख ६५ हजार ५७ किलोग्राम, ९४ लाख ६२ हजार नौ सय ७६ रुपैयाँ बराबरको दुई लाख ७९ हजार तीन सय ६५ किलोग्राम गहुँ, खाद्यान्नको रुपमा प्रयोगमा आउने मकै २३ करोड ६५ लाख ३६ हजार बराबरको ७१ लाख ४६ हजार नौ सय ३२ किलोग्राम भित्रिएको छ ।
तराकारीतर्फ तीन करोड १९ लाख एक हजार तीन सय ९६ रुपैयाँ बराबरको ११ लाख ६० हजार नौ सय ८६ किलो आलु, चार करोड २६ लाख १३ हजार सात सय ६८ रुपैयाँ बराबरको ११ लाख ९१ हजार १२ किलो प्याज र ३३ लाख १९ हजार छ सय पाँच रुपैयाँ बराबरको एक लाख ७६ हजार आठ सय २२ किलो हरियो तरकारी भित्रिएको छ । साथै आठ करोड २१ लाख ७३ हजार तीन सय ४१ रुपैयाँ बराबरको १० लाख ८८ हजार १ सय ६१ किलो फलफुल भित्रिएको प्रमुख भण्डारीले बताए । २३ करोड ३८ लाख तीन हजार बराबरका खजुरको प्रशोधित तेल, सूर्यमुखी फूलको प्रशोधित तेल, चाउचाउ नुडल्स, पास्त लगाउतका वस्तु निकासी भएको छ भने भारत लगायत तेश्रो मुलुकबाट दुई अर्ब २१ करोड ६६ लाख ५१ हजार मूल्य बराबरको वस्तु आयात भएको पनि उनले जानकरी दिए ।
कोरोनाका कारण नेपाल, भारतलगायतका अन्य मुलुक लकडाउन भएता पनि नाकामा भने आयात र निर्यातमा भने कुनै अवरोध आएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्