×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन पटक र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी २३ वर्षीया युवतीको मृत्यु

PRIME CA
GLOBAL IME BANK

तीन पटक र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी २३ वर्षीया युवतीको मृत्यु

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – वीरगञ्जमा लगातार ३ पटक गरिएको र्‍यापिड (आरडिटी) टेस्टको रिपोर्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो ।
ब्लड क्यान्सरले ग्रसीत उनको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । उनको शव अहिले नारायणी अस्पतालमै नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । 
उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायले बताए । उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएको थियो । त्यसपछि उनलाई अभिभावकले नेशनल मेडिकल कलेजमा पुर्याएका थिए । तर, उक्त मेडिकलले बेड खाली नरहेको भन्दै फकाइयो । त्यसपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो । एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्को पटक पनि रिपोर्ट पोजेटिभ आएको थियो ।
लगातार तराई हस्प्टिलमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ आएपछि युवतीलाई तराई हस्पिटलबाट नारायणी अस्पताल लैजाने क्रममा आइतबार राती १ बजे मृत्यु भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: