×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसोलेसनमा राख्ने तयारी हुँदाहुँदै वीरगंञ्जमा एकजनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइसोलेसनमा राख्ने तयारी हुँदाहुँदै वीरगंञ्जमा एकजनाको मृत्यु

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वीरगंञ्जमा आइसोलेसनमा राख्ने तयारी हुँदाहुँदै एकजना बिरामीको मृत्यु भएको छ । कोरोनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी वीरगञ्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । 
उनी ब्लड क्यान्सरको समेत बिरामी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए । भरतपुर क्यान्सर अस्पतालमा गत चैत ५ गते ब्लड क्यान्सर भएको प्रमाणित भएको उनले बताए । चैत १३ गते स्वास्थ्यमा समस्या बढेपछि एडभान्स अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । नेशनल मेडिकलमा कलेजमा उपचाका लागि गरेपपनि आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएपछि गएराती १० बजे तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो । 
अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।
उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी