×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा वीरगंज नाकाबाट निर्यात हुनेमा सबैभन्दा बढी पामको तेल, ३० दिनमा ४३ करोडको निर्यात

LAXMI SUNRISE BANK

लकडाउनमा वीरगंज नाकाबाट निर्यात हुनेमा सबैभन्दा बढी पामको तेल, ३० दिनमा ४३ करोडको निर्यात

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 
वीरगंज । लकडाउनको एक महिनामा वीरगंज नाका भएर निर्यात हुने वस्तुमा सबैभन्दा बढी पाम तेल देखिएको छ । वीरगंज भन्सारका अनुसार पछिल्लो एक महिनाको अवधिमा वीरगंज भन्सारबाट भारतमा करीब ४३ करोड ५ लाख ७३ हजार २८३ रूपैयाँ बराबरको ३४ लाख ३२ हजार ८५५ किलो पाम आयल भारतको बिहार र यूपीमा निर्यात भएको बताइएको छ । 
वीरगंज भन्सारको तथ्यांक अनुसार चैत ११ देखि वैशाख ८ गतेसम्म ४३ करोड बराबरको पाम आयल निर्यात भएको हो । सोयाबिन तेलतर्फ ८ करोड ६९ लाख १४ हजार ५ सय १२ रूपैयाँ बराबरको ६ लाख ३१ हजार ५५२ किलो सोयाबिन तेल भारत निकासी भएको वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमणिले जानकारी दिए । त्यसैगरी ५२ लाख ३४ हजार मूल्य बराबरको ३८ हजार २२० किलो सनफ्लावर तेल भारत निर्यात भएको जनाइएको छ ।
भारतको जम्मु काश्मिर मुद्दामा मलेशियाका प्रधानमन्त्री मोहम्मद महाथीरले विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल, बङ्लादेश, भुटानलगायत देशबाट भारतमा आयात गरिने पाम तेलमा जनवरी ८ तारिखदेखि भारतको विदेश मन्त्रालयले रोक लगाएको थियो । त्यसपछि करिब डेढ महिना पाम आयालको निकासी ठप्प भएको थियो भने सोयाबिन र सनफ्लावर तेल निकासी यथावत भइरहेको थियो ।
ततपश्चात नेपाल सरकारले नेपालबाट भारततर्फ पाम तेलको निकासीबारे उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत रोक फुकुवा गर्न अपिल गरेको थियो । सोही अनुसार एक महीनापछि फेब्रुअरी पहिलो सातामा भारतले पाम आयल निकासीको रोक फुकुवा गर्यो। ततपश्चात् नेपालबाट पुनः भारतमा पाम तेल निकासी भइरहेको छ ।
वीरगंज भन्सार अनुसार पछिल्लो एक महीनाको अवधिमा विदेशबाट ३ करोड ४० लाख ८ हजार राजस्व तिरेर ५१ करोड ७ लाख ५९ हजार मूल्य बराबरको ५० लाख ३५ हजार ९९५ किलो पाम आयलको कच्चा तेल नेपाल भित्रिएको थियो भने ११ करोड १२ लाख ५६ हजार राजस्व तिरेर १ अर्ब ४३ करोड ५५ लाख ८४ हजार मूल्य बराबरको १ करोड २८ लाख ११ हजार ३३५ किलो सोयाबिन कच्चा तेल नेपाल भित्रिएको थियो ।
त्यसैगरी ३ करोड ४६ लाख ५६ हजार राजस्व तिरेर २८ करोड २१ लाख ५९ हजार मूल्य बराबरको २८ लाख ५ हजार ६१२ किलो सनफ्लावरको कच्चा तेल नेपाल भित्रिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी