
अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १४ मा विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएको छ । बुधबार(हिजो) वितरणका लागि महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको ९ सय ५० किलो चामलमध्ये केही बोरा डल्ला परेको भेटिएको हो ।
राहत वितरण गर्न प्याकिङ गर्ने क्रममा चामलको बोरामा डल्ला भेटियो । बिन्दवासिनी ब्राण्डको बोरामा ६ महिनासम्म खान योग्य भनिए पनि उत्पादन मिति उल्लेख थिएन भने तौल पनि कम थियो । ९ सय ५० बोरा चामलमध्ये केही बोरा खोलेर हेर्दा गुणस्तरहीन देखिएको वडा अध्यक्ष भरतप्रसाद कुर्मीले बताए ।
‘प्याकिङ गराउन खोज्दा नयाँ पुराना चामल मिसिएको, डल्ला परेको चामल देखियो । कतिपय बोरामा उत्पादन मिति पनि थिएन, तौलमा पनि गडबड देखियो’ वडाध्यक्ष कुर्मीले भने । महानगरपालिकाले टेण्डर आह्वान गरी राहत वितरणका लागि चामल खरिद गरेको थियो । तर कुहिएको चामल पठाइएकोबारे अनुसन्धान नै नगरी बदमासी गर्नेलाई उन्मुक्ति दिन खोजिएको छ । जनप्रतिनिधि स्वयं साढे ४ सय क्वीन्टल चामलमा थोरै खराबी त आइहाल्छ भन्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् ।
वीरगञ्जमा गुणस्तरहीन चामल भेटिएमा अनुसन्धान गर्नुभन्दा त्यो चामल फिर्ता पठाई अर्को ल्याउने गरिएको छ ।यसअघि पनि एक ट्रक चामल फिर्ता पठाएको वीरगञ्ज महानगरपालिकाका अधिकारी बताउँछन् । राहत वितरणको अनुगमन गर्न वीरगञ्ज महानगरपालिकाले कार्यपालिका सदस्य अरबिन्द गुप्ता, सुशील साह कानु र निरञ्जन सर्राफ रहेको अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति सदस्य अरबिन्द गुप्ता वडा नं १४ बाट मात्रै गुनासो आएको बताउँछन् ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख प्रमुख विजय सरावगीले वडा नं १४ मा बुधबार पठाएको ९ सय ५० किलो चामलमध्ये ३ वटा बोराको चामल डल्लो परेको भेटिएको स्वीकार गरे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्